सन् २०२५ मा नेपाल प्रवेश गरेका विदेशी पर्यटक ११ लाख नाघे
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटक नेपाल प्रवेश गरेका छन् । जसले सन् २०२४ को तुलनामा केही वृद्धि देखाएको छ। यो जानकारी नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको हो।
गत डिसेम्बर महिनामा मात्रै ९८ हजार १९० पर्यटक नेपाल आएका थिए। मुख्य रूपमा भारतबाट ३० हजार ९३, चीनबाट ८ हजार ६८०, र अमेरिकाबाट ६ हजार ६०५ पर्यटक भित्रिएका थिए। सन् २०२५ का लागि प्रमुख स्रोत मुलुकको विवरण अनुसार भारतबाट २ लाख ९२ हजार ४३८, अमेरिका १ लाख १२ हजार ३१६, चीन ५८ हजार ६८४, बेलायत ५७ हजार ५४५, बंगलादेश ४९ हजार ३५७, अष्ट्रेलिया ३७ हजार ५५०, र जर्मनीबाट २४ हजार ७६३ पर्यटक नेपाल आएका छन्।
नेपालमा सबैभन्दा बढी पर्यटक सन् २०१९ मा ११ लाख ९७ हजार १९१ पुगेका थिए।












