कांग्रेसमा विशेष महाधिवेशनबाहेक विकल्प छैन: पक्षधर समूह

User Image Prime TV News २ महिना अगाडि
Image of कांग्रेसमा विशेष महाधिवेशनबाहेक विकल्प छैन: पक्षधर समूह

काठमाडौ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले अब पार्टीसँग विशेष महाधिवेशनबाहेक कुनै विकल्प बाँकी नरहेको बताएका छन्।

शुक्रबार अनामनगरमा पत्रकार सम्मेलन गर्दै नेता सुवास पोखरेलले यो वैधानिक अधिकार र विधानको बाध्यकारी व्यवस्था भएको बताए। पोखरेलले केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशन आह्वान गर्नुपर्ने माग राख्दै, पार्टीमा एकता र विश्वास एकैपटक कायम गर्न पनि आग्रह गरेका छन्।

पूर्वनिर्धारित कार्यतालिका अनुसार नियमित महाधिवेशन हुन नसकेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने तयारीमा छन् । त्यसका लागि काठमाडौंको भृकुटीमण्डपको हल बुक पनि गरिसकेको नेताहरुले बताएका छन् ।

जेनजी आन्दोलनपछि बदलिएको परिस्थितिमा अहिलेकै नीति र नेतृत्वमा आगामी निर्वाचनमा जान नसकिने भन्दै उनीहरुले विशेष महाधिवेशनको माग गर्दै आएका छन् ।