प्रगतिशील लोकतान्त्रिक पार्टी र क्रान्तिकारी शक्ति पुनर्गठनबीच ६ बुँदे सहमति, निर्वाचनमा एकजुट हुने

User Image Prime TV News १ हप्ता अगाडि
Image of प्रगतिशील लोकतान्त्रिक पार्टी र क्रान्तिकारी शक्ति पुनर्गठनबीच ६ बुँदे सहमति, निर्वाचनमा एकजुट हुने

काठमाडौ । प्रगतिशील लोकतान्त्रिक पार्टी र क्रान्तिकारी शक्ति पुनर्गठन तथा रूपान्तरण अभियानबीच देशलाई प्रगति र समाजवादको दिशातर्फ अघि बढाउन ६ बुँदे सहमति भएको छ ।

सहमतिमा लोकतान्त्रिक मूल्य, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता र राष्ट्रियताको संरक्षण गर्दै सामाजिक न्याय र सुशासनमा काम गर्ने प्रतिबद्धता समावेश गरिएको छ। सहमति अनुसार जेनजी जनआन्दोलनको अपनत्व लिँदै सहिद र घाइते परिवारका माग सम्बोधन गर्न पहल गरिनेछ।

साथै, राज्यका तीन अङ्ग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा आवश्यक पुनर्सरचना अघि बढाइने छ। दुवै पार्टीबीच सांगीतिक प्रतिनिधित्व सुनिश्चित गर्दै संगठनात्मक एकता गर्ने र आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि संयुक्त उम्मेदवार तय गर्ने सहमति भएको छ। सहमति पत्रमा प्रगतिशील पार्टीको नेतृत्व र चुनाव चिन्ह ‘खुलेको आँखा’ अन्तर्गत सुशासन, लोकतन्त्र र परिवर्तनमा एकजुट हुन आह्वान गरिएको छ।

सहमति पत्रमा प्रगतिशील पार्टीका संयोजक जनार्दन शर्मा र क्रान्तिकारी शक्ति पुनर्गठन अभियानका संयोजक दलसिंह खत्रीले हस्ताक्षर गरेका छन्।