बन्दसूचीमा महिला प्रतिनिधित्व कम भएको भन्दै काठमाडौंमा महिलाहरुको प्रदर्शन
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । प्रतिनिधिसभाअन्तर्गत समानुपातिकतर्फ निर्वाचन आयोगमा राजनीतिक दलहरुले बुझाएको बन्दसूचीमा महिला प्रतिनिधित्व कम भएको भन्दै काठमाडौंमा महिलाहरुले प्रदर्शन गरेका छन् ।
संविधान प्रदत्त समानूपातिक समावेशी अधिकार कुण्ठित गरेको भन्दै राजनीतिक कदम बिरुद्ध महिला अधिकारका लागि दबाब अभियानले शुक्रबार काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरुले समानुपातिकलाई आरक्षण नबनाऔं, समानुपातिकको मर्म मास्न पाइदैन, संवैधानिक अधिकार कायम गर, अधिकार खोस्ने अभ्यास–लोकतन्त्रको अपमान, हामी न्याय चाहन्छौ लगाएत लेखिएकाले प्लेकार्ड प्रदर्शन गरेका थिए ।
साथै उनीहरुले संविधानले सुनिश्चित गरेका तर व्यवहारमा कार्यान्वयन नभएका अधिकारहरूलाई पुनः स्मरण गराउँदै नारा लगाएका थिए ।













