म्यानचेस्टर सिटी सन्डरल्यान्डसँग गोलरहित बराबरीमा

User Image Prime TV News १ हप्ता अगाडि
Image of म्यानचेस्टर सिटी सन्डरल्यान्डसँग गोलरहित बराबरीमा

काठमाडौ । इङ्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको म्यानचेस्टर सिटी सन्डरल्यान्डसँग गोलरहित बराबरीमा रोकिएको छ ।

घरेलु टोली सन्डरल्यान्डको उत्कृष्ट रक्षात्मक प्रदर्शनका कारण सिटी शीर्ष स्थानमा रहेको आर्सनलभन्दा चार अंकले पछि परेको छ । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाको टोलीले मंगलबार आर्सनलले एस्टन भिल्लामाथि प्रभावशाली जित निकाल्दै उपाधि दाबी बलियो बनाएको खेलपछि दबाबमा मैदान उत्रिएको थियो ।

तर स्टेडियम अफ लाइटमा भएको रोमाञ्चक खेलमा सिटीले गोल गर्न सकेन र निराश हुँदै फर्किन बाध्य भयो । खेलको सुरुआती छ मिनेटमै बर्नार्डो सिल्भाले एर्लिङ हालान्डको फ्लिकबाट नजिकैबाट गोल गरे पनि अफसाइडका कारण त्यो गोल मान्य भएन ।

पहिलो हाफमा सिटीको सबैभन्दा राम्रो अवसर हालान्डकै खुट्टामा आयो, तर १२ यार्डबाट गरेको प्रहार गोलकिपर रोबिन रोएफ्सले सजिलै रोकिदिए । सन्डरल्यान्डले मजबुत रक्षा कायम राख्दै केही अवसर पनि सिर्जना गर्यो ।

ब्रायन ब्रब्बेले रुबेन डियासलाई पछाडि पार्दै लामो बलमा नियन्त्रण लिए पनि उनको प्रहार गोलकिपर जियानलुइजी डोनारुम्माको शरीरमै लागेर फर्कियो । हाफटाइमअघि ट्राइ ह्युमको हेडर पनि गोलपोस्टमाथिबाट बाहिरियो । दोस्रो हाफको सुरुआतसँगै सिटीका मिडफिल्डर रोड्री मैदानमा फर्किए ।

उनले निको गोन्जालेजको स्थान लिए । तर सिटी निरन्तर आक्रमणमा रहँदा पनि गोल गर्न सकेन । जेरिमी डोकुको प्रहार नॉर्डी मुकिएले अनुहारमै लागेर रोकिदिए भने जोस्को ग्वार्डियोलको फ्लिक पोस्टमा ठोक्कियो । सन्डरल्यान्डका एलियेजर मायेंन्डाको तल्लो प्रहारलाई डोनारुम्माले शानदार ढंगले बचाए पनि खेलको अन्त्यसम्म दुवै टोलीले निर्णायक गोल गर्न सकेनन् ।

खेल गोलरहित बराबरीमा सकिँदा सन्डरल्यान्डले यस सिजन घरेलु मैदानमा आफ्नो अपराजित यात्रा कायम राख्दै एक अंक जोड्न सफल भयो ।