गगन र विश्वप्रकाशले भने पार्टी विभाजनको बाटोमा जादैन
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसमा महाधिवेशनको विवादले पार्टी विभाजनको खतरा बढेको समयमा, चुनावअघि नै महाधिवेशनको पक्षमा खुला भएका २५ केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवासँगै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग भेट गरेका छन्।
केन्द्रीय सदस्य डिला संग्रौलाले भनिन्, “हामीले सभापति र महामन्त्रीहरूलाई भेट्यौं। पार्टीभित्रको विवाद सहमतिमै समाधान गर्नुपर्छ भन्ने हाम्रो धारणा राख्यौं। उहाँहरू निकासका लागि सकारात्मक हुनुहुन्छ।”
महामन्त्रीहरूले पनि पार्टी विभाजनको बाटोमा नलाग्ने स्पष्ट सन्देश दिएको उनले जानकारी दिइन्। यो घटनाले पार्टीभित्र विवाद भए पनि नेताहरू विभाजनको सट्टा सहमतिको बाटोमा लागिरहेको देखाउँछ ।













