गुल्मीमा बसको ठक्करबाट २ जनाको मृत्यु, २ घाइते

User Image Prime TV News १ हप्ता अगाडि
Image of गुल्मीमा बसको ठक्करबाट २ जनाको मृत्यु, २ घाइते

गुल्मी । गुल्मीको मालिका गाउँपालिका–६ राम्चेमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

मृत्यु हुनेमा ३६ वर्षीय बसन्त अर्याल र उनका भाउजू करिब ५५/५६ वर्षीया मनकला अर्याल रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए। प्रहरीका अनुसार, लु ९ प ८१५० नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई विपरीत दिशाबाट आएको लुम्बिनी प्रदेश ०० ख ०३५५ नम्बरको बसले ठक्कर दिएको थियो।

ठक्कर लगाउने बसमा सिद्ध इङ्लिस बोर्डिङ स्कूलका विद्यार्थीहरू सवार थिए । उनीहरु पिकनिकमा जाँदै थिए । घाइते भएका व्यक्तिहरुलाई उद्धार गरी अस्पताल पुर्‍याइयो, तर चिकित्सकले उनीहरूको मृत्युको पुष्टि गरेका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।