डा. स्वर्णिम वाग्ले गोरखा–१ बाट चुनाव लड्ने तयारीमा, सुदन गुरुङ शहरी क्षेत्रमा
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा. स्वर्णिम वाग्ले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा गोरखा–१ क्षेत्रबाट चुनाव लड्ने तयारी गरेका छन्।
डा. वाग्ले यसअघि तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । पछिल्लो समय उनी गोरखालाई आफ्नो राजनीतिक आधार बनाउने रणनीतिमा सक्रिय देखिएका छन्। पार्टी सभापति रवि लामिछाने पनि उनलाई गोरखा–१ बाटै चुनाव लड्न सुझाव दिइसकेका छन्।
वाग्लेले हालै भएका केही गोप्य भेटघाटमा आफू निकटका नेता तथा कार्यकर्तासँग गोरखा–१ बाट चुनाव लड्ने विषयमा छलफल गर्दै सहयोग र समर्थनको आग्रह गरिरहेको बताईएको छ । यसैबीच, गोरखा–१ बाट आफूलाई जेनजेसीको अगुवा दावी गर्दै आएका सुदन गुरुङले भने शहरी क्षेत्रमा चुनाव लड्ने तयारी गरिरहेका छन्।
स्रोतका अनुसार, रास्वपा सभापति लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन्द्र साह बीचको एकता पछि सुदनले शहरी क्षेत्रमै उम्मेदवारी दिने तयारी गरेको बताए । गोरखाली कार्यकर्तासँग निरन्तर भेटघाट गर्दै आएका डा. वाग्लेले गोरखा–१ लाई आफ्नो दीर्घकालीन निर्वाचन क्षेत्र बनाउने लक्ष्य अघि सारेका छन्। स्थानीय कार्यकर्ताहरूले उनलाई गोरखा–१ बाट चुनाव लड्न दबाब दिइरहेका छन्।
डा. वाग्लेको गृह जिल्ला गोरखा भएकाले उनी यस क्षेत्रलाई आफ्नो स्थायी राजनीतिक आधारका रूपमा स्थापित गर्न खोजी रहेका छन् ।












