महाधिवेशन सम्बन्धी विवाद समाधानकालागि विश्वप्रकाश शर्माको तीन विकल्प

User Image Prime TV News १ हप्ता अगाडि
Image of महाधिवेशन सम्बन्धी विवाद समाधानकालागि विश्वप्रकाश शर्माको तीन विकल्प

काठमाडौ । नेपाली कांग्रेसभित्र पार्टीको महाधिवेशनसम्बन्धी विवाद चर्किँदै गएको छ। महामन्त्री विश्वप्रकाश शर्माले शुक्रबार २५ बढी केन्द्रीय सदस्यसँग छलफलका लागि तीनवटा प्रस्ताव अघि राखेका छन्।

शर्माका अनुसार, पहिलो विकल्पमा केन्द्रीय समितिको बैठकबाट आह्वान गरिएको महाधिवेशन पुस २६ गते बोलाइने र नीति तथा नेतृत्व चयन पुस २७ गते गर्ने व्यवस्था छ। दोस्रो विकल्पमा नीति महाधिवेशनको रूपमा सुरु गरी यसलाई संकल्प महाधिवेशनमा रूपान्तरण गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। यदि यी दुवै विकल्प असम्भव भए भने तेस्रो विकल्पको रूपमा विधानअनुसार विशेष महाधिवेशन गर्ने प्रस्ताव अघि राखिएको छ।

तर, पार्टी भित्र समय र प्रकारका विषयमा असहमति देखिएको छ। महामन्त्रीहरूले विशेष महाधिवेशनको विकल्प नभएको बताइरहेका छन् भने संस्थापन समूहका नेताहरू फागुन २१ मा प्रतिनिधि सभा निर्वाचन हुने भएकाले त्यसअघि महाधिवेशन सम्भव नभएको तर्क राख्दै आएका छन्।