कांग्रेस कार्यसमितिको म्याद थप्न प्रस्ताव, जेठ मसान्तसम्म तन्काउने तयारी

User Image Prime TV News १ हप्ता अगाडि
Image of कांग्रेस कार्यसमितिको म्याद थप्न प्रस्ताव, जेठ मसान्तसम्म तन्काउने तयारी

काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टी सभापति शेरबहादुर देउवासहित सबै कार्यसमितिको म्याद आगामी जेठ मसान्तसम्म थप्ने प्रस्ताव गरेको छ।

शुक्रबार केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा कार्यसमितिको म्याद बढाउने विषयमा छलफल भएको हो। बैठकमा यसबारे प्रस्ताव गरिएको भएता पनि बैठक हालसम्म जारी रहेको र निर्णयको औपचारिक भएको छैन । 

यसअघि, मंसिर १५ को केन्द्रीय समितिको बैठकले कार्यसमितिको म्याद माघ मसान्तसम्म थप्ने निर्णय गरेको थियो। तर अबको बैठकमा कार्यसमितिको म्याद थपेर आगामी जेठ महिनाको अन्त्यसम्म गरिने प्रस्ताव अघि सारिएको छ।

पार्टीका एक नेताका अनुसार यस प्रस्तावले आगामी महाधिवेशनको तयारीलाई थप समय दिने र पार्टीको आन्तरिक संरचनामा आवश्यक परिवर्तन गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।