कांग्रेसको १५ औँ महाधिवेशन आगामी वैशाख २८–३१, कार्यसमिति म्याद जेठ मसान्तसम्म थपियो

User Image Prime TV News १ हप्ता अगाडि
Image of कांग्रेसको १५ औँ महाधिवेशन आगामी वैशाख २८–३१, कार्यसमिति म्याद जेठ मसान्तसम्म थपियो

काठमाडौ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन २०८३ साल वैशाख २८ देखि ३१ गतेसम्म गर्ने कार्यतालिका पारित भएको छ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकले उक्त कार्यतालिकालाई औपचारिक रूपमा स्वीकृत गरेको हो।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठकमा प्रस्तुत गरेको प्रस्ताव पारित भएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए। उनका अनुसार तय गरिएको मितिअनुसार अब पार्टीको सम्पूर्ण संगठनात्मक प्रक्रिया अगाडि बढाइनेछ।

बैठकले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिको म्याद पनि आगामी जेठ मसान्तसम्म थप्ने निर्णय गरेको छ। सोहीअनुसार केन्द्रीय कार्यसमितिसहित सबै तहका समितिको कार्यकाल पनि जेठ मसान्तसम्म कायम रहनेछ।

कार्यसमितिको म्याद थप गर्ने प्रस्ताव कार्यवाहक सभापति खड्काले बैठकमा पेश गरेका थिए, जसलाई बैठकले अनुमोदन गरेको हो ।