रास्वपाको समानुपातिक सूचीमा परेका आशिफ शाहले नाम फिर्ता लिए
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक बन्द सूचीमा परेका कलाकार आशिफ शाहले समानुपातिक उम्मेदवारी फिर्ता लिएका छन् । साथै उनले आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रत्यक्ष उम्मेदवारी दिने घोषणा गरेका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै शाहले आफू सक्रिय राजनीतिमा नलागे पनि देश निर्माणप्रतिको चिन्ता र दबाबले राजनीतिसँग नजिकिएको बताएका छन्।
पार्टीका केही नेताहरूको आग्रहमा समानुपातिक सूचीमा नाम समावेश भए पनि त्यसपछि आएका जनप्रतिक्रिया र पार्टीभित्रकै भावनाले आफूलाई गहिरो आत्ममन्थन गर्न बाध्य बनाएको उनको भनाइ छ।
शाहले स्पष्ट रूपमा भनेका छन्, जनताको भावनामा चोट पुर्याएर समानुपातिक प्रणालीमार्फत सांसद बन्ने बाटो आफूले रोज्न नसक्ने। सही नियत हुँदाहुँदै पनि प्रक्रिया गलत दिशातिर गएको महसुस भएपछि उम्मेदवारी फिर्ता लिने निर्णय गरिएको उनको दाबी छ ।












