कांग्रेस महाधिवेशन निर्णयपछि शेखर कोइराला पक्ष अलग्गै छलफलमा

User Image Prime TV News १ हप्ता अगाडि
Image of कांग्रेस महाधिवेशन निर्णयपछि शेखर कोइराला पक्ष अलग्गै छलफलमा

काठमाडौ । नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनको मितिलाई लिएर देखिएको विवाद थप चर्किएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समिति बैठकले आगामी वैशाख २८ देखि ३१ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेलगत्तै डा. शेखर कोइराला पक्ष आन्तरिक छलफलमा जुटेको छ।

विशालबजारस्थित शेखर कोइरालाको सचिवालयमा जारी बैठकमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, मिनेन्द्र रिजाल, सञ्जय गौतम, डा. गोविन्द पोखरेल, सरिता प्रसाईलगायत ४० भन्दा बढी केन्द्रीय सदस्य सहभागी छन्।

बैठकको मुख्य एजेन्डा सभापति पक्षले अघि सारेको महाधिवेशन कार्यतालिकाप्रति लिने राजनीतिक धारणा तय गर्नु रहेको छ । कार्यसम्पादन समिति बैठकको निर्णयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित पाँच नेताले फरक मत राखेका थिए।

सहमहामन्त्री फरमुल्लाह मन्सुर तथा अर्जुननरसिंह केसी र उमा रेग्मीले पनि निर्णयप्रति असहमति जनाएका छन्। विवादलाई थप जटिल बनाउँदै महामन्त्री गगन थापाले पुसभित्र विशेष महाधिवेशन हुन सक्ने सार्वजनिक अभिव्यक्ति दिएका छन्।