यस वर्ष संविधान दिवस सामान्य रूपमा मनाइने


काठमाडौ । सरकारले यस वर्ष संविधान दिवस सामान्य रूपमा मनाउने निर्णय गरेको छ। यस वर्ष कुनै विशेष उत्सव आयोजना नगरी सामान्य तरिकाले मनाइने गृहमन्त्रालयले जनाएको छ । विगतका वर्षहरूमा विभिन्न सरकारी र सामाजिक निकायका सदस्यहरूलाई निम्तो दिइ कार्यक्रमहरू आयोजना गरिन्थ्यो ।
तर यस वर्ष त्यसको कुनै विशेष तयारी सरकारले गरेको छैन। नेपाली सेनाले पनि संविधान दिवस सामान्य रूपमा मनाउने तयारी गरेको जनाएको छ। संविधान दिवस २०७२ सालको असोज ३ गते जारी भएको थियो । संविधान जारी भएसंगै सो दिनलाई संविधान दिवसको रुपमा मनाउने गरिएको हो ।