रास्वपाको केन्द्रीय समिति बैठक भोलि, पार्टी एकता र नेतृत्व संरचनाा बिषयमा छलफल हुने

User Image Prime TV News १ हप्ता अगाडि
Image of रास्वपाको केन्द्रीय समिति बैठक भोलि, पार्टी एकता र नेतृत्व संरचनाा बिषयमा छलफल हुने

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक भोलि पुस २० गते बोलाएको छ। बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने भएको हो । 

पार्टी स्रोतका अनुसार बैठकको मुख्य एजेन्डामा संगठनात्मक समायोजन, पार्टी विस्तार र सुदृढीकरणका विषय रहनेछन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रास्वपाले संगठन र गठबन्धन दुवै मोर्चामा तयारी तीव्र बनाएको संकेत देखिएको छ।

यसैबीच, रास्वपाले उज्यालो नेपाल पार्टी तथा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग एकता गर्ने निर्णय गरिसकेको छ। त्रिपक्षीय सहमतिअनुसार रास्वपाको सभापतिमा रवि लामिछाने रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह बन्ने र कुलमान घिसिङ पार्टीका वरिष्ठ उपसभापति रहने व्यवस्था गरिएको छ।

यी विषयहरू भोलिको केन्द्रीय समिति बैठकमा औपचारिक रूपमा छलफल र अनुमोदनका लागि प्रस्तुत हुने सम्भावना रहेको बताइइएको छ ।