मादुरो सवार विमान अमेरिकाको सैन्य बेसमा अवतरण, सुरक्षाकर्मीको कडा निगरानी

User Image Prime TV News १ हप्ता अगाडि
Image of मादुरो सवार विमान अमेरिकाको सैन्य बेसमा अवतरण, सुरक्षाकर्मीको कडा निगरानी

काठमाडौ । भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो र उनकी पत्नी सिलिया फ्लोरेस सवार विमान अमेरिकाको न्युयोर्कस्थित स्टुअर्ट एयर नेशनल गार्ड बेसमा अवतरण गरेको छ।

विमान अवतरण गरेलगत्तै अमेरिकी कानुन कार्यान्वयन निकायका अधिकारीहरू विमानभित्र प्रवेश गरेका थिए। अमेरिकी सञ्चारमाध्यम सीबीएसले सार्वजनिक गरेका दृश्यहरूमा धावनमार्गमा सुरक्षा व्यवस्था असाध्यै कडा बनाइएको देखिन्छ।

विमान रोकिएपछि सम्पूर्ण क्षेत्र सशस्त्र सुरक्षाकर्मीको नियन्त्रणमा राखिएको थियो। सैन्य बेसमा यसरी उच्च सतर्कतासहित विदेशी राष्ट्रप्रमुख सवार विमान अवतरण गरिएको घटनाले गम्भीरतालाई संकेत गर्छ।

हालसम्म अमेरिकी सरकार वा भेनेजुएलाली पक्षबाट औपचारिक धारणा सार्वजनिक गरिएको छैन। तर मादुरोमाथि अमेरिकाले लगाएको प्रतिबन्ध र अन्तर्राष्ट्रिय दबाबको पृष्ठभूमिमा यो अवतरण राजनीतिक र कूटनीतिक रूपमा अत्यन्त संवेदनशील मानिएको छ ।