मादुरो दम्पती पक्राउपछि भेनेजुएलाको नियन्त्रण अमेरिकाले लिने ट्रम्पको घोषणा

User Image Prime TV News १ हप्ता अगाडि
Image of मादुरो दम्पती पक्राउपछि भेनेजुएलाको नियन्त्रण अमेरिकाले लिने ट्रम्पको घोषणा

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा गरिएको सैनिक कारबाहीपछि राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिआलिया फ्लोरेस पक्राउ परिसकेको दाबी गर्दै अब अमेरिका नै भेनेजुएलाको शासन सञ्चालन गर्ने बताएका छन् ।

फ्लोरिडामा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भेनेजुएलामा नयाँ नेतृत्व तयार नहुन्जेल अमेरिका प्रत्यक्ष रूपमा संलग्न रहने स्पष्ट पारे। उनले भने, “हामी भेनेजुएलालाई तबसम्म चलाउनेछौँ जबसम्म सुरक्षित, उपयुक्त र विचारपूर्वक नयाँ नेतृत्वमा सत्ता हस्तान्तरण गर्न सकिँदैन।”

ट्रम्पले सत्ता हस्तान्तरण हतारमा गरिँदा भेनेजुएलाका जनताले फेरि दुःख पाउने चेतावनी पनि दिए। “हामी यस्तो अवस्था चाहँदैनौँ जहाँ फेरि कसैले भेनेजुएलाका जनताको हितविपरीत निर्णय लिन्छ,” उनले भने।

उनको भनाइ अनुसार अमेरिकाको प्राथमिकता भेनेजुएलामा स्थायित्व, सुरक्षा र दीर्घकालीन राजनीतिक समाधान हो। वर्तमान संकट दोहोरिन नदिन कडा निगरानी र स्पष्ट योजना आवश्यक रहेको उनले जोड दिए।