रास्वपाको केन्द्रीय समिति बैठक आज

User Image Prime TV News १ हप्ता अगाडि
Image of रास्वपाको केन्द्रीय समिति बैठक आज

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले आज केन्द्रीय समितिको बैठक बोलाएको छ।बैठक काठमाडौँको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने बताइएको छ।

रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार बैठकको मुख्य एजेन्डामा पार्टी समायोजन, संगठन विस्तार तथा सुदृढीकरण समावेश गरिएको छ। 

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रास्वपाले संगठन र गठबन्धन दुवै मोर्चामा तयारी तीव्र बनाएको संकेत देखिएको छ।

यसैबीच, रास्वपाले उज्यालो नेपाल पार्टी तथा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग एकता गर्ने निर्णय गरिसकेको छ।

त्रिपक्षीय सहमतिअनुसार रास्वपाको सभापतिमा रवि लामिछाने रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह बन्ने र कुलमान घिसिङ पार्टीका वरिष्ठ उपसभापति रहने व्यवस्था गरिएको छ।