ह्यारिसद्वारा मादुरो नियन्त्रणमा लिने अमेरिकी कदमको कडा आलोचना

User Image Prime TV News १ हप्ता अगाडि
Image of ह्यारिसद्वारा मादुरो नियन्त्रणमा लिने अमेरिकी कदमको कडा आलोचना

काठमाडौ । पूर्व अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई अमेरिकी नियन्त्रणमा लगाएको कदमलाई अवैध र अनावश्यक बताउँदै कडा आलोचना गरेकी छिन्।

सामाजिक सञ्जाल प्लेटफर्ममा आफ्नो धारणा व्यक्त गर्दै ह्यारिसले मादुरो क्रूर र अवैध शासक भए पनि, त्यसको बहानामा गरिएको हस्तक्षेपले अमेरिकाको सुरक्षा, शक्ति वा आर्थिक हितमा कुनै लाभ नपुर्याउने स्पष्ट पारेकी छिन्। उनले लेखेकी छिन्, "इतिहासले देखाएको छ, यस्तो हस्तक्षेपले अराजकता र दीर्घकालीन संकट मात्र निम्त्याउँछ।"

ह्यारिसले ट्रम्प प्रशासनको कदम शासन परिवर्तन र तेलसँग सम्बन्धित राजनीतिक स्वार्थ बाट प्रेरित भएको आरोप लगाएकी छन्। मादुरो र उनकी पत्नीलाई अमेरिका लगिएको पुष्टि भइसकेको छ। भेनेजुएला यसलाई आफ्नो सार्वभौमिकतामा खुला हस्तक्षेपको रूपमा लिएको छ भने केही अमेरिकी सहयोगी राष्ट्रहरू पनि घटनामा असहज देखिएका छन्।

अमेरिकाभित्र डेमोक्र्याटिक नेताहरूले यस कदमलाई अन्तर्राष्ट्रिय कानुन विपरीत र जोखिमपूर्ण भनेका छन् भने ट्रम्प समर्थकहरूले यसलाई अमेरिकाको सुरक्षा र हित सुनिश्चित गर्न आवश्यक कदम भएको तर्क गरिरहेका छन्।