ओली र प्रचण्डबीच द्विपक्षीय वार्ता, चुनावी सहकार्यका विषयमा छलफल
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भेटवार्ता भएको छ ।
यो भेट जेनजी आन्दोलनपछि भएको पहिलो औपचारिक छलफल मानिन्छ। तर गत सोमबार ओली र प्रचण्ड बिच गोप्य भेटवार्ता भएको थियो । ललितपुरस्थित एमाले कार्यालय च्यासल नजिकैको घरमा भएको बैठकमा दुवै नेताले सरकारको चुनावी वातावरण बनाउन नसकेको स्थितिबारे गहन छलफल गरेका छन्।
साथै, राष्ट्रिय सभा निर्वाचनमा सहकार्यको सम्भावना र अन्य समसामयिक राजनीतिक विषय पनि वार्तामा भएको बताइएको छ । नेकपा संयोजक प्रचण्डको सचिवालयका प्रमुख गोविन्द आचार्यले भने कि छलफल गहन भए पनि अहिलेसम्म निष्कर्षमा नप्गको जानकारी दिए ।
प्रचण्डले आज दिल्ली जानेअघि ओलीसँग भेटवार्ता गरेका हुन्।












