नाउपाका ३३ नेता कार्यकर्ताले सामूहिक दिए राजीनामा
Prime TV News १ हप्ता अगाडि 
रुपन्देही । रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीमा ठूलो झड्का लागेको छ । रुपन्देही जिल्ला अध्यक्ष तुल्सी थारु नेतृत्वमा ३३ जना नेता कार्यकर्ताले पार्टीसँग सामूहिक रूपमा राजीनामा दिएका छन्।
राजीनामा दिने निर्णयको कारणका बारेमा तुल्सी थारुले भने, “पार्टीको नेतृत्व तहबाट भएका निर्णय, कार्यशैली र संगठन सञ्चालनको प्रक्रियामा गम्भिर असहमति देखिएको छ। कार्यकर्ताको भावना र जनताको चाहनाविपरीत पार्टी अघि बढेको महसुस भएपछि हामीले सम्पूर्ण जिम्मेवारीसहित साधारण सदस्यबाट समेत राजीनामा दिने निर्णय गरेका हौं।”
राजीनामा दिनेमा जिल्ला अध्यक्ष तुल्सी थारु सहित वरिष्ठ जिल्ला उपाध्यक्ष राकेश कोइरी, केन्द्रीय सदस्य महेश गिरी, तारादेवी चौधरी, मञ्जु दगोरिया, केशव चौधरी, प्रदेश सदस्य माधव चौधरी, जिल्ला कोषाध्यक्ष राम बहादुर थारु, महिला जिल्ला अध्यक्ष राधा चौधरी लगायत अन्य २६ जना नेता–कार्यकर्ता रहेका छन्।
राजीनामा पछि, यी नेता कार्यकर्ताहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित हुने तयारीमा गरेका छन्।












