रास्वपाले भोलि बृहत्तर एकता घोषणा गर्दै

User Image Prime TV News १ हप्ता अगाडि
Image of रास्वपाले भोलि बृहत्तर एकता घोषणा गर्दै

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले भोलि सोमबार बृहत्तर एकता घोषणा सभा गर्ने भएको छ। पार्टीले आइतबार जारी गरेको विज्ञप्ति अनुसार, दिउँसो १ बजे राष्ट्रियसभा गृह बाट औपचारिक रूपमा एकताको घोषणा गरिनेछ।

यस अघि, रास्वपाले पुस १३ र १४ गते काठमाडौंका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टी सँग एकता गर्ने सहमति गरेका थिए। भोलि हुने सभाबाट एकता प्रक्रिया पूर्ण हुने र आगामी राजनीतिक कार्यदिशा स्पष्ट हुने रास्वपाले जनाएको छ।

रुपन्देहीका नाउपा नेता कार्यकर्ताहरू, जसमा जिल्ला अध्यक्ष तुल्सी थारु सहित ३३ जना छन्, पूर्व पदाधिकारी र थरुहट थारुवान संयुक्त संघर्ष समितिसँगै रास्वपामा समाहित हुने तयारीमा छन्। उनीहरूले पार्टी नेतृत्वको निर्णय, कार्यशैली र संगठन सञ्चालनप्रति असहमति जनाउँदै राजीनामा दिएका थिए ।