रास्वपाको सचिवालय बैठक सुरु, केन्द्रीय समितिका एजेण्डा तय गर्न छलफल
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज सुरु भएको छ।
बैठकमा मुख्य रूपमा आगामी केन्द्रीय समिति बैठकका एजेण्डा निर्धारण गर्ने विषयमा छलफल भइरहेको छ। सचिवालय बैठकमा पार्टीको समायोजन, विस्तार र सुदृढीकरणसम्बन्धी प्रस्तावहरू तयारीमा छन्। साथै समानुपातिक बन्दसूचीमा रहेका नामबारे पनि छलफल हुने जनाइएको छ।
केन्द्रीय समिति बैठक दिउँसो १ बजेका लागि आह्वान गरिएको थियो तर सचिवालय बैठकका कारण अहिलेसम्म सुरु हुन सकेको छैन। सचिवालय बैठकले केन्द्रीय समितिमा लैजानुपर्ने एजेण्डा र तयारीलाई प्राथमिकता दिएको छ ।













