रास्वपामा विवेकशील साझाका सात नेता केन्द्रीय सदस्यमा मनोनित

User Image Prime TV News १ हप्ता अगाडि
Image of रास्वपामा विवेकशील साझाका सात नेता केन्द्रीय सदस्यमा मनोनित

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले विवेकशील साझा पार्टीबाट एकता प्रक्रियामार्फत आएका सात नेतालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ।

आइतबार काठमाडौँको वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको हो। मनोनित केन्द्रीय सदस्यहरूमा समीक्षा बास्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा र रञ्जु दर्शना रहेका छन् ।