आफ्ना मागलाई सरकारले सम्बोधन नगरे वार्ता तोडिने प्रसाईको चेतावनी
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईले आफ्ना मागलाई सरकारले सम्बोधन नगरे वार्ता तोडिने चेतावनी दिएका छन् ।
आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय संकल्प पृथ्वीपथ बिषयक कार्यक्रममा प्रसाईले आफ्ना मागका बारेमा सरकारलाई औपचारिक रुपमा जानकारी गराइसकिएको भन्दै सम्बोधन नभए वार्ता तोडिने चेतावनी दिए ।
उनले सरकारसंगको वार्ता सफल नभए आन्दोलनमा जानका लागि आफु तयार रहेको बताए । प्रसाईले समानबिचार भएकाहरु एकै ठाउँमा आएर आफ्ना एजेण्डा पुरा गर्न दवाव दिनुपर्ने धारणा राख्दै उनले मुलुक अप्ठेरो अवस्थामा रहेकाले देशबाहिर रहेका युवाहरु फर्केर राष्ट्र निर्माणमा जुट्नुपर्ने बताए ।













