दलसँग आबद्ध मन्त्रीहरुलाई बर्खास्त गर्न एमाले नेता महासेठको माग

User Image Prime TV News १ हप्ता अगाडि
Image of दलसँग आबद्ध मन्त्रीहरुलाई बर्खास्त गर्न एमाले नेता महासेठको माग

जनकपुर । नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले राजनीतिक दलसँग आबद्ध अन्तरिम सरकारका मन्त्रीहरुलाई प्रधानमन्त्रीले तत्काल बर्खास्त गर्नुपर्ने बताएका छन् ।

आइतबार जनकपुरधाममा सञ्चारकर्मीसंग कुराकानी गर्दै उपमहासचिव महासेठले चुनावी सरकारमा गएका मन्त्रीहरु आफ्नो नैतिकताविपरीत राजनीतिक क्रियाकपालमा सक्रिय रहेकाले राजीनामा दिनुपर्ने र राजीनामा नआए प्रधानमन्त्रीले तत्काल बर्खास्त गर्नुपर्ने बताए ।

पार्टी गठन गर्ने र प्रधानमन्त्री बन्ने सपना देखेर सरकारमा बस्नेहरुले राजीनामा दिएर चूनावी मैदानमा आउनुपर्ने बताए । महासेठले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने वातावरण सरकारले बनाउन नसकेको आरोप समेत लगाए ।

सरकार आफैँ निर्वाचन बिथोल्न प्रक्रियामा अघि बढिरहेको उल्लेख गर्दै महासेठले निर्वाचन हुने वातावरण बने एमाले नभाग्ने स्पष्ट पारे । जेनजी आन्दोलनका क्रममा लुटिएका हजारौ हतियार र भागेका कैदिहरु फिर्ता हुन नसकेको अवस्थामा भयरहित र निष्पक्ष चूनाव हुनेमा आशंका रहेको नेता महासेठको भनाई थियो ।