घरेलु मैदानमा ग्लोबल छनोट खेल्ने नेपाली महिला टोली सार्वजनिक

User Image Prime TV News १ हप्ता अगाडि
Image of घरेलु मैदानमा ग्लोबल छनोट खेल्ने नेपाली महिला टोली सार्वजनिक

काठमाडौ । आईसीसी महिला टी–२० ग्लोबल छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ। नेपाल क्रिकेट संघले आइतबार इन्दु वर्माको कप्तानीमा १५ सदस्यीय महिला राष्ट्रिय टोली सार्वजनिक गरेको हो।

नेपालमै आयोजना हुन लागेको यो प्रतियोगिता जनवरी १४ देखि फेब्रुअरी १ सम्म सञ्चालन हुनेछ। भारतीय प्रशिक्षक हर्षल पाठकको प्रशिक्षणमा रहेको नेपाली टोलीले घरेलु मैदानको फाइदा उठाउँदै विश्वकप छनोटको लक्ष्यसहित प्रतिस्पर्धा गर्ने तयारी गरेको छ।

छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’मा परेको छ। यस समूहमा नेदरल्यान्ड्स, स्कटल्यान्ड, थाइल्यान्ड र जिम्बाब्वे नेपालका प्रतिस्पर्धी रहनेछन्। नेपालले जनवरी १८ मा थाइल्यान्डविरुद्ध खेल्दै आफ्नो अभियान सुरु गर्ने तालिका छ।

कुल १० टोली सहभागी हुने प्रतियोगिताबाट शीर्ष चार टोलीले आईसीसी महिला टी–२० विश्वकपमा स्थान सुरक्षित गर्नेछन्। त्यसैले प्रतियोगितालाई नेपाली महिला क्रिकेटका लागि ऐतिहासिक अवसरका रूपमा लिन्छिएको छ।

घोषित नेपाली टोलीमा इन्दु वर्मा (कप्तान) र पूजा महतो (उपकप्तान)सहित रुबिना क्षेत्री, सीताराना मगर, बिन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना चौधरी, रिया शर्मा, रोमा थापा, सुमन बिष्ट, राजमती ऐरी र मनीषा उपाध्याय रहेका छन्।