रास्वपाले विधान संशोधन गरी चार नयाँ पदाधिकारी थप्ने निर्णय

User Image Prime TV News १ हप्ता अगाडि
Image of रास्वपाले विधान संशोधन गरी चार नयाँ पदाधिकारी थप्ने निर्णय

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो विधान संशोधन गर्दै चार नयाँ पदाधिकारी थप्ने निर्णय गरेको छ।

पार्टीको केन्द्रीय समितिको बैठक आइतबार बनस्थलीस्थित घण्टीघरमा बसेको थियो। पार्टी प्रवक्ता मनिष झाकाका अनुसार उपसभापति र अन्य नयाँ पद सिर्जना गरी पार्टी एकीकरण र विस्तार प्रक्रियामा भएको सम्झौता कार्यान्वयन गर्न यो निर्णय गरिएको हो।चब

थपिएको पदाधिकारीमा, उपसभापति –१, महामन्त्री – १, सहमहामन्त्री –१ र सहप्रवक्ता –१ रहेको छ । थपिएका पदाधिकारीमध्ये काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह र उज्यालो नेपालका संरक्षक कुलमान घिसिङको नाम पनि समावेश हुने तयारी रहेको छ।