जेनजी आन्दोलन घटनाबारे केपी ओलीको लिखित बयान, आयोगले गुण्डु पुगेर लियो

User Image Prime TV News १ हप्ता अगाडि
Image of जेनजी आन्दोलन घटनाबारे केपी ओलीको लिखित बयान, आयोगले गुण्डु पुगेर लियो

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ आयोगसमक्ष लिखित बयान दिएका छन्। आइतबार आयोगको टोली भक्तपुरको गुण्डु पुगेर ओलीसँग बयान लिएको हो।

आयोगले ओलीलाई गत भदौ २३ गते भएको आन्दोलनमा उनले निर्वाह गरेको भूमिका र भदौ २४ गते घटेको घटनाक्रमलाई केन्द्रमा राखेर लिखित रूपमा प्रश्न सोधेको थियो। आयोगले करिब ५० वटा प्रश्न तयार गरी ओलीसँग विस्तृत जवाफ मागेको जनाएको छ।

आन्दोलनका क्रममा राजनीतिक नेतृत्वको भूमिका र त्यसपछि भएका घटनाको जिम्मेवारीबारे स्पष्टता ल्याउन लिखित बयान लिइएको आयोग स्रोतले जनाएको छ। ओलीले सबै प्रश्नको उत्तर लिखित रूपमा नै दिएका छन्।

भदौ आन्दोलन र त्यससँग जोडिएका घटनाबारे सत्य–तथ्य सार्वजनिक गर्ने उद्देश्यसहित गठन गरिएको जाँचबुझ आयोगले यसअघि पनि विभिन्न सरोकारवालासँग बयान लिइसकेको छ। ओलीको बयानसँगै आयोगको छानबिन प्रक्रिया अब निर्णायक चरणतर्फ अघि बढेको छ।

यसैवचि ओलीले आयोगलाइ बयान दिएसंगै स्थानहदको विषयमा निर्णय लिने तयारी गरेको छ ।