निर्वाचन ५९ दिन बाँकी: मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको जिम्मेवारी तोकियो
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै प्रशासनिक तयारीलाई तीव्र बनाएको छ। आयोगले ३६ जना जिल्ला न्यायाधीशलाई जगेडामा राख्दै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ।
आयोगका अनुसार आज ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन आगामी फागुन २१ गतेका लागि मिति तय भइसकेको छ।
प्रतिनिधिसभा सदस्य ऐन, २०७४ को दफा ८ अनुसार न्याय परिषद्को परामर्शमा यही पुस २५ गतेदेखि लागू हुने गरी ८८ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरिएको हो। तीमध्ये आवश्यक परे प्रयोग गर्ने गरी ३६ जनालाई जगेडामा राखिएको आयोगले जनाएको छ।
आयोगले नियुक्त भएका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई आगामी माघ २ गतेदेखि आफ्नो–आफ्नो निर्वाचन क्षेत्रमा खटिन निर्देशन दिएको छ। साथै, तत्काल कार्यालय स्थापना गरी निर्वाचनसम्बन्धी सबै कार्यक्रम सञ्चालन गर्न स्पष्ट आग्रह गरेको छ।
कूल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना र समानुपातिक प्रणालीमार्फत ११० जना सांसद निर्वाचित हुने व्यवस्था छ।












