ला लिगामा शीर्ष प्रतिस्पर्धा चर्किँदै, रियल मड्रिडले बार्सिलोनामाथि दबाब बढायो

User Image Prime TV News १ हप्ता अगाडि
Image of ला लिगामा शीर्ष प्रतिस्पर्धा चर्किँदै, रियल मड्रिडले बार्सिलोनामाथि दबाब बढायो

काठमाडौ । स्पेनिस ला लिगाको उपाधि दौड झनै तातिएको छ। तालिकाको दोस्रो स्थानमा रहेको रियल मड्रिडले लगातार बलियो प्रदर्शन गर्दै शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाएको छ।

गएराति भएको खेलमा रियल मड्रिडले रियल बेटिसलाई ५–१ को फराकिलो अन्तरले पराजित गर्दै महत्वपूर्ण तीन अंक जोड्यो। यस जितसँगै रियलले बार्सिलोनासँगको दूरी चार अंकमा झारेको हो।

हाल १९ खेल खेलेको बार्सिलोनाले ४९ अंक जोड्दै तालिकाको शीर्ष स्थान कायम राखेको छ। दोस्रो स्थानमा रहेको रियल मड्रिडले समान खेलबाट ४५ अंक बनाएको छ।

आइतबार स्पानियोलविरुद्ध जित निकालेर बार्सिलोनाले अग्रता मजबुत बनाएको थियो। तर त्यसपछि नै रियलले बेटिसविरुद्ध प्रभावशाली जित निकाल्दै उपाधि दौडलाई थप रोचक बनाएको छ।

लिगको मध्य चरणमै शीर्ष दुई क्लबबीचको प्रतिस्पर्धा कडा बन्दै गएको छ। आगामी खेलहरूमा सानो चुक पनि निर्णायक हुन सक्ने अवस्थामा बार्सिलोना र रियल दुवै टोली उच्च दबाबमा देखिएका छन्।