अरनिको पाँडेले रास्वपाको समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिए

User Image Prime TV News एक महिना अगाडि
Image of अरनिको पाँडेले रास्वपाको समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिए

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य अरनिको पाँडेले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिएका छन्। उनले हिजो राति बसेको पार्टीको केन्द्रीय समिति बैठकमा यसबारे औपचारिक जानकारी गराएका हुन्।

खस आर्य समूहअन्तर्गत सातौँ नम्बरमा रहेका उनले पछिल्लो राजनीतिक अवस्थालाई मध्यनजर गर्दै बन्दसूचीमा रहिरहनु उपयुक्त नदेखिएको बताएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक गरेको स्टाटसमार्फत पाँडेले देश र समाजलाई बढी योगदान दिन सक्ने बाटो रोज्ने आफ्नो धारणा दोहोर्‍याएका छन्। बन्दसूची विस्तार भएको सन्दर्भमा आफूले पार्टीभित्र छलफल गरेर स्वेच्छाले नाम फिर्ता लिएको उनको भनाइ छ।

उनले आफूलाई बन्दसूचीमा समेट्ने पार्टीका नेतृत्व र साथीहरूलाई धन्यवाद दिँदै आगामी निर्वाचनमा रास्वपालाई जिताउन केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।