एमालेले प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस टुंग्याउँदै
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । यहि २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गर्ने काम टुंग्याउँदैछ। पार्टीले विभिन्न निर्वाचन क्षेत्रबाट शीर्ष नेताहरूको नाम एकल रूपमा सिफारिस गरिसकेको छ।
झापा–५ बाट अध्यक्ष केपी शर्मा ओली, काठमाडौं–५ बाट वरिष्ठ नेता ईश्वर पोखरेल, रूपन्देही–२ बाट उपाध्यक्ष विष्णु पौडेल, दाङ–२ बाट महासचिव शंकर पोखरेल, कैलाली–४ बाट उपमहासचिव लेखराज भट्ट र भक्तपुर–२ बाट सचिव महेश बस्नेतको नाम एकल सिफारिस भएको छ।
त्यस्तै, गुल्मी–१ बाट प्रदीप ज्ञवाली, रूपन्देही–५ बाट खिमलाल भट्टराई, सिराहा–३ बाट लीलानाथ श्रेष्ठ, दार्चुला–१ बाट गणेश ठगुन्ना, सल्यान–१ बाट गुलाबजंग शाह, बैतडी–१ बाट दामोदर भण्डारी, सुर्खेत–१ बाट ध्रुव शाही, सुर्खेत–२ बाट कुलमणि देवकोटा, बाँके–१ बाट सूर्य ढकाल, बाँके–२ बाट दलबहादुर सुनार र कपिलवस्तु–१ बाट विश्राम चौधरीको नाम पनि एकल सिफारिस गरिएको छ।
नवलपुर–२ बाट तिलक महत, कास्की–२ बाट मिलन गुरुङ, नुवाकोट–१ बाट बद्रि मैनाली, नुवाकोट–२ बाट केशव पाण्डे, रौतहट–१ बाट अजय गुप्ता, महोत्तरी–१ बाट लक्ष्मी महतो कोइरी र इलाम–२ बाट सुहाङ नेम्वाङको नाम पनि एकल सिफारिस भएको छ।
एमालेले माघ ६ गतेसम्म उम्मेदवारी दर्ता अघि टुंगो लगाउने योजना बनाएको छ।












