बिगुल’को ट्रेलर सार्वजनिक, राजनीति र सामाजिक यथार्थ समेटिएको
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । निर्देशक रमेश कोइरालाको चलचित्र ‘बिगुल’ को ट्रेलर सार्वजनिक भएको छ।
ट्रेलरले नेपाली समाजको यथार्थ, राजनीतिक संघर्ष र अन्यायलाई झल्काउने दृश्य प्रस्तुत गरेको छ। चलचित्रमा राजनीतिक खिचातानी, सामाजिक न्यायको प्रश्न, पारिवारिक उल्झन, विचारको मतभेद र अनैतिक राजनीतिक नेतृत्वजस्ता विषय समेटिएका छन्।
मुख्य भूमिकामा बेनीशा हमाल, नरेन खड्का र विनोद न्यौपाने रहेका छन्। चलचित्रको छायांकन शिव ढकालले गरेका हुन् भने सम्पादन तारा थापाले गरेका छन्। चलचित्र माघ ९ गतेबाट प्रदर्शनमा आउँदैछ ।













