विशेष महाधिवेशन भएमा पार्टी विभाजन हुन सक्छः कृष्ण सिटौला
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा नगरी चुनावमा जाने भएको छ। पार्टी नेता कृष्ण सिटौलाले सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।
सिटौलाका अनुसार, कांग्रेसको आफ्नै नीति र परम्परा अनुसार चुनावमा जाने रणनीति तय भएको छ। महामन्त्री गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कि नबनाउने सवालमा उनले भने, “कांग्रेसको आफ्नो नीति र परम्परा छ, त्यही अनुसार हुन्छ। चुनावमा जान कांग्रेसले कसैलाई प्रधानमन्त्री घोषणा गर्दैन।”
पार्टी फुट्ने सम्भावनाबारे प्रश्नमा सिटौलाले स्पष्ट पारे, “कांग्रेस फुट्दैन। हामी हुन दिँदैनौं। कांग्रेस एकताबद्ध रहन्छ।” उनले विशेष महाधिवेशनले विभाजनको खतरा निम्त्याउन सक्ने भएकाले त्यस्तो विकल्प अपनाउने योजना नरहेको पनि बताए ।
यस्तै पार्टीको विशेष महाधिवेशनका बिषयमा सोधिएको प्रश्नमा नेता सिटौलाले विशेष महाधिवेशन भएमा पार्टी विभाजन हुन सक्ने भएकाले त्यतातिर जान नहुने बताए ।












