एमाले सचिवालय बैठक बस्दै, राष्ट्रियसभा उम्मेदवार टुंग्याउने तयारी

User Image Prime TV News १ हप्ता अगाडि
Image of एमाले सचिवालय बैठक बस्दै, राष्ट्रियसभा उम्मेदवार टुंग्याउने तयारी

काठमाडौ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

पार्टी सचिव भानुभक्त ढकालका अनुसार बैठक भोली बिहान ९ बजे, केन्द्रीय कार्यालय च्यासलमा बस्ने छ। बैठकको मुख्य विषय आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवार तय गर्नु रहेको छ। ढकालले भने, “भोलि बिहान बस्ने बैठकबाट राष्ट्रियसभाको निर्वाचनका विषयमा टुंगो लाग्ला।”

आउँदो माघ ११ मा राष्ट्रियसभा सदस्य निर्वाचन हुने तय भएको छ। त्यसअघिको तयारीको रूपमा पुस २३ मा उम्मेदवारको मनोनयनपत्र दर्ता हुने कार्यतालिका रहेको छ । साथै, निर्वाचनअघि प्रमुख दलबीच तालमेल र सहकार्यका विषयमा पनि नेताहरूले छलफल अघि बढाइसकेका छन्।