ओलीको स्थानहद फुकुवा, आयोग अब प्रतिवेदन तयार गर्ने काम अघि बढाउने

User Image Prime TV News १ हप्ता अगाडि
Image of ओलीको स्थानहद फुकुवा, आयोग अब प्रतिवेदन तयार गर्ने काम अघि बढाउने

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थानहद सोमबार फुकुवा गरिएको छ। आयोगका प्रवक्ता विज्ञानराज शर्माले स्थानहद फुकुवा भएको जानकारी दिएका छन्।

भदौ २३–२४ मा भएको जेनजी आन्दोलनको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरिएको थियो। सो क्रममा ओलीलाई विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृतिबिनै काठमाडौं उपत्यका छोड्न नपाउने गरी स्थानहद जारी गरिएको थियो।

आयोगले आइतबार ओलीसँग लिखित बयान लिएको थियो। प्रवक्ता शर्मा अनुसार, “प्रधानमन्त्रीको हैसियतले उहाँले गरेका कामकारबाही सम्बन्धमा आयोगले आवश्यक सोधपुछ र विवरण बुझिसकेको भएकाले स्थानहद फुकुवा गरिएको हो। अब विदेश भ्रमण र उपत्यका छाड्न नपाउने निर्णयको औचित्य छैन।”

आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखक र सुरक्षा निकायका प्रमुखहरूसँग पनि बयान लिइसकेको छ। आयोगले अब प्रतिवेदन तयार गर्ने काम अघि बढाउने जनाएको छ।