विशेष महाधिवेशन प्रस्ताव निष्क्रिय भएको घोषणा, महाधिवेशनको कार्यतालिका सार्वजनिक
Prime TV News एक महिना अगाडि काठमाडौ । नेपाली कांग्रेसले वैशाखमा नियमित महाधिवेशन गर्ने नयाँ कार्यतालिका तल्ला निकायमा परिपत्र गरेको छ। यससँगै पार्टीले विशेष महाधिवेशनका प्रस्ताव निष्क्रिय भएको घोषणा गरेको छ।
पार्टीको परिपत्रअनुसार, फागुन २१ मा हुने चुनाव सफल बनाउन र पार्टीको पक्षमा बहुमत सुनिश्चित गर्न हरेक क्षेत्रबाट क्रियाशीलता देखाउन सबैलाई अपिल गरिएको छ। साथै, सदस्यता शुल्कसहितको सदस्यता बुझाउने अन्तिम मिति माघ ३ राखिएको छ।
परिपत्रमा विशेष महाधिवेशनका पक्षमा रहेका प्रतिनिधिहरूको प्रस्ताव मंसिर १५ मा स्वतः रद्ध भएको पनि उल्लेख छ। पार्टीले अब यस कार्यतालिकाअनुसार महाधिवेशन तयारीलाई गति दिने जनाएको छ।

















