मन्त्रिपरिषद् विस्तार गर्नेवारे प्रधानमन्त्री निवासमा छलफल

User Image Prime TV News २ हप्ता अगाडि
Image of मन्त्रिपरिषद् विस्तार गर्नेवारे प्रधानमन्त्री निवासमा छलफल

काठमाडौ । मन्त्रिपरिषद् विस्तारको बिषयमा अहिले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङ सहितका मन्त्रीहरू बैठकमा सहभागी रहेको छन् ।

छलफलमा सरकारको आगामी रणनीति र मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा गहिरो छलफल भइरहेको बताइएको छ । ११ सदस्यीय मन्त्रिपरिषद् गठने गर्ने बताएकी प्रधानमन्त्री सुशीला कार्कीले सम्भवत भोली वा पर्सी सम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् ।

जनेजी आन्दोलनको बलमा प्रधानमन्त्री वनेकी कार्कीले यस अघि तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरिसकेकी छन् ।