काठमाडौं कठ्याङ्ग्रिँदै : यस वर्षकै सबैभन्दा कम तापक्रम मापन
Prime TV News एक महिना अगाडि 
काठमाडौ । देशभर जाडो वढ्दै गएको छ। विशेषगरी काठमाडौं उपत्यकामा चिसो अस्वाभाविक रूपमा बढ्दै जाँदा सर्वसाधारणको दैनिकी प्रभावित हुन थालेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौंमा यस वर्ष हालसम्मकै सबैभन्दा कम न्यूनतम तापक्रम मापन भएको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार मंगलबार बिहान ५ बजेर ४५ मिनेटमा काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस पुगेको छ। पछिल्ला केही दिनदेखि उपत्यकामा तापक्रम लगातार ओरालो लागिरहेको छ।
आँकडाअनुसार शनिबार ४.७ डिग्री, आइतबार ४ डिग्री, सोमबार ३.५ डिग्री र आज ३.४ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन भएको हो।
यद्यपि, मौसमविदका अनुसार यो तापक्रम दीर्घकालीन औसतभन्दा अझै केही माथि नै छ। जनवरी ६ को काठमाडौंको औसत न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस रहेको विभागको तथ्यांक छ।













