वीरगञ्जमा कर्फ्यू मंगलबार साँझ ६ बजेसम्म लम्बियो

User Image Prime TV News १ हप्ता अगाडि
Image of वीरगञ्जमा कर्फ्यू मंगलबार साँझ ६ बजेसम्म लम्बियो

जनकपुर । धार्मिक तथा सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि वीरगञ्जमा जारी कर्फ्यू मंगलबार साँझ ६ बजेसम्म लम्ब्याइएको छ।

सोमबार साँझदेखि लागू कर्फ्यू सुरुमा मंगलबार बिहान ८ बजेसम्म थियो, त्यसपछि दिउँसो १ बजेसम्म र पुनः साँझ ६ बजेसम्म विस्तार गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। कर्फ्यू वीरगञ्ज महानगरपालिकाको मुख्य क्षेत्रमा लागू गरिएको छ, जहाँ भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न निषेध गरिएको छ।

अत्यावश्यक सेवाबाहेक नागरिकलाई घरबाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ। आवश्यक परे सुरक्षाकर्मीको समन्वय वा १०० नम्बरमा फोन गर्न भनिएको छ। एम्बुलेन्स, दमकल, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक सवारी, कूटनीतिक तथा मानवअधिकार निकायका सवारी र हवाई यात्रुहरूलाई भने आवागमनमा सहजीकरण गरिनेछ।

आइतबारदेखि जारी प्रदर्शनका कारण वीरगञ्जको अवस्था अशान्त बन्दै गएको छ।