नेकपा एमालेले निर्वाचन परिचालन कमिटी गठन गर्यो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेले आगामी निर्वाचनका लागि परिचालन कमिटी गठन गरेको छ।
आज बसेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा कमिटी गठन भएको जनाएको छ। कमिटीमा विष्णु रिमाल, छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की, रमेश बडाल र भिस्म अधिकारी सदस्य रहेका छन्।
त्यसैगरी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली को नेतृत्वमा घोषणा पत्र समिति पनि गठन गरेको छ। नेकपा एमालेले यस निर्णयमार्फत आगामी निर्वाचनमा रणनीतिक रूपमा परिचालन र कार्यक्रम कार्यान्वयनमा थप सशक्त तयारी गर्ने तयारी गरेको छ ।












