नेकपा एमालेले सातै प्रदेशका संयोजक तोक्यो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेले सातै प्रदेशका लागि नयाँ संयोजक नियुक्त गरेको छ।
मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले निर्णयअनुसार प्रदेश संयोजक तोकिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।
उनका अनुसार कोशी प्रदेशमा शेरधन राई, मधेस प्रदेशमा लीलानाथ श्रेष्ठ, बागमती प्रदेशमा महेश बस्नेत, राजधानी प्रदेशमा राजन भट्टराई, गण्डकी प्रदेशमा खगराज अधिकारी, कर्णाली प्रदेशमा यामलाल कँडेल, सुदूरपश्चिम प्रदेशमा गणेश ठगुन्ना र संगठन विभागको संयोजक भानुभक्त ढकाल तोकिएको छ।












