नेकपामा परामर्श बैठक सुरु: राष्ट्रियसभा निर्वाचन र राजनीतिक अवस्थाबारे छलफल
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले बोलाएको परामर्श बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ।
बैठकमा मुख्य रूपमा राष्ट्रियसभा निर्वाचन र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने पार्टीको सचिवालयले जनाएको छ। यस बैठकमा नेकपा एकतामा सहभागी सम्पूर्ण घटकका नेताहरूको पनि सहभागिता रहेको छ।













