आम निर्वाचनलाई प्रतिगमन सच्चाउने आन्दोलनको रुपमा उपयोग गर्नेः एमाले सचिव बस्नेत
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेका सचिव महेश बस्नेतले आम निर्वाचनलाई प्रतिगमन सच्चाउने आन्दोलनको रुपमा उपयोग गर्ने बताएका छन् ।
मंगलबार पार्टी कार्यालय च्यासलमा सञ्चारकर्मीसंग कुरा गर्दै बस्नेतले निर्वाचनलाई आन्दोलनको रुपमा अघि बढाउने बताए । प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने अवस्थामा एमाले रहेकाले अन्य दलसंग सहकार्य हुँदा उच्चतहको समझदारी र सहकार्य नहुदा एक्लै चूनावमा होमिने बताए ।
बस्नेतले मुलुकलाई निकास दिनका लागि ठूला दलहरु मिल्दा घोषित मितिमा निर्वाचन हुन नदिने आशंका कायमै रहेको भन्दै मुलुकमा वैदेशिक षडयन्त्रणलाई पूर्णरुपमा निष्जेत पार्नका लागि भएपनि एमाले, कांग्रेस र नेकपाबीच सहकार्य हुनुपर्ने बिचारहरुपनि एमालेभित्र रहेको उल्लेख गरे ।













