नेपाली कांग्रेस कार्यालयबाहिर कार्यकर्ता प्रदर्शन, बैठक ढिला
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेस पार्टी कार्यालयबाहिर प्रदर्शनरत कार्यकर्ताले नेताहरूलाई कार्यालय प्रवेश गर्न रोक लगाएका छन्।
कार्यकर्ताहरूले पार्टीमा अवरोध नबनाउने भन्दै नाराबाजी गरे। यस क्रममा केही नेतासँग बाझाबाझ भएको पनि छ। आजका लागि बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहान ११ बजे हुने भनिए पनि, अहिलेसम्म सुरु हुन सकेको छैन। नेताहरू अहिले वैकल्पिक गेटबाट प्रवेश गरिरहेका छन्।
पार्टी केन्द्रीय कार्यालय घेराउका लागि पुगेका विशेष पक्षधर केह कार्यकर्ताहरूले नेता निधि लिंक रोडबाट भित्रिने क्रममा क्रममा अवरोध पुर्याएका थिए । यसैबीच विशेष महाधिवेशन पक्षधर केन्द्रीय सदस्य मधु आचार्यले मंगलबार आफूहरूको कुनै औपचारिक कार्यक्रम नरहेको र विशेष पक्षधरले सानेपा घेराउ नगरेको बताएका छन् ।












