काठमाडौंको गैरीगाउँमा काठको गोदाममा आगलागी
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । काठमाडौंको गैरीगाउँस्थित काठको गोदाममा आज बिहान भीषण आगलागी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, आगलागीको कारण अझै अनुसन्धानको क्रममा छ।
एसपी भट्टराईले भने , “आगलागीको कारणबारे थप बुझ्ने काम भइरहेको छ। अहिले घटनास्थलमा नेपाल प्रहरी र महानगर प्रहरीको टोलीसहित दमकल परिचालन गरिएको छ। आगो नियन्त्रणमा ल्याउने प्रयास जारी छ।”
आगलागीपछि ठूलो धुवाँको मुस्लो फैलिएको छ र आसपासका क्षेत्रमा यसको प्रभाव देखिएको छ। प्रहरी र दमकलका कर्मचारीहरूले निरन्तर निगरानी राख्दै आगो नियन्त्रण गर्न काम गरिरहेका छन्। प्रहरीले आगलागीबाट भएको क्षतिको प्रारम्भिक विवरण संकलन गरिरहेको छ र अनुसन्धान अघि बढाइरहेको छ।












