सौर्य ऊर्जालाई प्राथमिकता दिएर नयाँ मापदण्ड र कार्यविधि तयार भएको छः मन्त्री घिसिङ

User Image Prime TV News १ हप्ता अगाडि
Image of सौर्य ऊर्जालाई प्राथमिकता दिएर नयाँ मापदण्ड र कार्यविधि तयार भएको छः मन्त्री घिसिङ

काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सौर्य ऊर्जालाई प्राथमिकता दिएर नयाँ मापदण्ड र कार्यविधि तयार गरेको बताएका छन् ।

मंगलबार काठमाडौंमा नेपाल सौर्य विधुत उत्पादक संघको २५ औं साधारणसभा उद्घाटन गर्दै मन्त्री घिसिङले सिंचाइका नहरहरुमा पनि सौर्य ऊर्जा राख्न सकिने गरि नयाँ मापदण्ड र कार्यविधि तयार गरेको र स्वीकृतिको चरणमा रहेको  बताए ।

मन्त्रीपरिषद्बाट स्वीकृत भइसकेपछि निजी क्षेत्रलाई सहभागी गराएर सिंचाइका नहरहरुमा सौर्य विद्युत उत्पादन गर्ने गरेर प्रक्रिया अगाडी बढाउने बताए । त्यस्तै मन्त्री घिसिङले भारतसंग भएको विधुत खरिद सम्झौताका बारेमा भएका टिकाटिप्पणीप्रति असन्तुष्टि जनाए ।

विधुत ट्रेडिङलाई नबुझ्ने तर आफुहरुलाई विज्ञ सम्झने केहि नेता र पत्रकारहरुले विधुत सस्तोमा बेच्यो, महंगोमा किन्यो भन्दै आरोप लगाउने गरेको उनले बताए । विधुत खरिदका बिषयमा गलत तवरले चर्चा चल्ने गरेको उल्लेख गर्दै घिसिङले यसले नेपालको विद्युत व्यापारलाई सपोर्ट नगर्ने बताए ।