कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक स्थगित, राष्ट्रियसभा तालमेल टुङ्गिन बाँकी
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक केही बेर बसेर स्थगित भएको छ।
बैठक राष्ट्रियसभा निर्वाचन सम्बन्धी छलफलका लागि बोलाइएको थियो। कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार, बैठक आजै पुनः बस्नेछ। माघ ११ गते १८ सिटमा हुने राष्ट्रियसभा निर्वाचनमा दलहरूले तालमेल गर्ने प्रयास गरिरहेका छन्।
कांग्रेसका नेता रमेश लेखकका अनुसार, दलहरूबीच सहमति अनुसार कांग्रेस र एमालेले ७–७ सिट, नेकपा ३ सिट र जसपा नेपाल १ सिट पाउने अनुमान गरिएको छ। तर कुन क्लस्टरमा कुन पार्टीको उम्मेदवार उठाउने भन्ने विषय अझै टुङ्गिएको छैन।
बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचनका लागि हुने चुनावी तालमेलबारे सदस्यहरूलाई ब्रिफिङ दिएका थिए।













