वीरगञ्जको कर्फ्यू हट्यो, सर्वपक्षीय सहमति पश्चात शान्ति सुरक्षामा सुधार
Prime TV News १ हप्ता अगाडि 
जनकपुर । दुई धार्मिक समुदायबीचको तनावपछि वीरगञ्जमा हिजो साँझ ६ बजेदेखि लागू गरिएको कर्फ्यू मंगलबार हटाइएको छ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार, सर्वपक्षीय पाँच बुँदे सहमतिपछि कर्फ्यू हटाइएको हो। स्थानीय प्रशासनले कर्फ्यूलाई आज साँझ ६ बजेसम्म थप गरेको थियो।
तर जिल्ला प्रशासनका अनुसार, शान्ति सुरक्षाको अवस्था सुधारिएको, नागरिकको स्वतन्त्र आवागमन र व्यापार व्यवसाय सहज रूपमा सञ्चालन हुन सक्ने अवस्था बनेको भएकाले अब कर्फ्यू हटाइएको हो।
प्रमुख जिल्ला अधिकारी दाहालले जारी गरेको सूचनामा उल्लेख छ, “मिति २०८२।०९।२२ गते अपरान्ह ३:३० बजेबाट लागू हुने गरी कर्फ्यू आदेश हटाइएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ।”












